ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर–६ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको हो ।  आलम भारतको पश्चिम बङ्गालस्थित खोरोबारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आलमले भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।