काठमाडौं उपत्यकामा एकैदिन  १६२२ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६२२ कोरोना संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन् । 

देशभर हालसम्म सबैभन्दा बढी प्रभावित काठमाडौं रहेको छ । 

 पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ कोरोना संक्रमित थपिएका हुन् ।

त्यसैगरी तीन हजार ६२० जना डिस्चार्ज भएका छन् । 

 हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजारभन्दा बढी पुगेको छ ।