काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६३० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ११८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २४३ जनाको मृत्यु भएको छ ।

  त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् भने ६७ जनाको मृत्यु भएको छ ।

ललितपुरमा दुई हजार २८८ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार ७९७ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार २५७ जना होम आइसोलेसनमा रहेका छन् ।