जुवाको खालबाट १४ जना पक्राउ

काठमाडौं । लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ । थापाले पैसा गन्ती भइरहेको बताए ।