थप १३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।  कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

सोही अवधीमा २ हजार १११ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ५३७ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

हालसम्म संक्रमित मध्ये १ लाख ६८ हजार १२९ निको भइसकेका मन्त्रालयले जनाएको छ ।