इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कुन ठाउको कति बढ्यो ?

काठमाडौँ । इन्धनमा मूल्य वृद्धि भएपछि निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएको छ । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ।

संघले माउन्टेन फ्याइटमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं–पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ शुल्क बढाएको छ।

यसैगरी विराटनगर–तुम्लिङटार २०, पोखरा–भैरहवा २५, पोखरा–भरतपुर २५, पोखरा–नेपालगञ्ज ४५, पोखरा माउन्टेन ६०, काठमाडौं–सुर्खेत ७०, विराटनगर माउन्टेन ६५, काठमाडौं–राजविराज ४० र विराटनगर–भोजपुरको उडानका २० रुपैयाँ भाडा बढेको छ ।