दाहाल–गौतमबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल–नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम विहान ७ बजे खुमलटार पुगेका थिए ।

भेटमा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् ।