विप्लव र सरकारबीच आजै काठमाडौंमा अनौपचारिक वार्ताको तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपाको वार्ता टोली उपत्यका आएको छ ।

स्रोतका अनुसार वार्ता टोली काठमाडौंमा रहेको छ । तर प्रतिबन्ध हटाउनेबारेमा सरकारले कुनै निर्णय नगरेसम्म औपचारिक वार्तामा बस्ने कि नबस्ने भन्ने निर्णय हुने विप्लवका वार्ता समिति स्रोतले जनाएको छ ।

सरकार र विप्लव समूहका तर्फबाट मंगलबार नै वार्ता समिति बनाइएको छ । सरकारले गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ भने विप्लव समूहका तर्फबाट खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने रहेको वार्ता समिति गठन भएको छ ।