भारतमा एकैदिन १५ हजार ३५३ जनामा संक्रमण

एजेन्सी । भारतमा १ करोड १२ लाख ४४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ३५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ४४ हजार ६२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ९६६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ९७ हजार ४८६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८९ हजार १७२ छ ।