भारतमा एकैदिन २५ हजार १५३ जनामा संक्रमण

एजेन्सी । भारतमा १ करोड १३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ५८ हजार ६४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ६४२ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९ लाख ८७ हजार ८५५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख १२ हजार १४७ छ ।