साताको दोस्रो दिन  नेष्से १८ अंकले घट्यो 

काठमाडौँ । सोमबार शेयर बजारमा नेप्से परिसूचक १८ अंकले घटेको छ । योसँगै नेप्से २४ सय अंक तल झरेको छ ।

नेप्सेमा आज कुल ४ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएसँगै परिसूचक २३८९ अंकमा कायम भएको हो ।

सोमवार व्यापार, होटल तथा पर्यटन, लगानी समूह बढेको छ भने अरु समूहको परिसूचक घटेको छ । आज व्यापार ५५, लगानी समूह १ ,उत्पादन १० र होटल तथा पर्यटन ९० अंकले बढेको छ ।

त्यसैगरी आज बैंकिङ समूह १७, जलविद्युत ०।७८ अंकले घटेको छ भने विकास बैंक ११, माइक्रोफाइनान्स २५ र जीवन बीमा समूह १२१ अंकले घटेको छ ।