एकैदिन देशभर थप १०७ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा बिहीबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाकै अवधिमा थप ५२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएको भएको मन्त्रालयल जानकारी दिएको छ ।  हाल १ हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जानकारी दिएको छ ।