साताको अन्तिम दिन सुधारियो सेयर बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा राम्रै सुधार आएको छ ।

मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ ।

बिहीबार चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।