कोरोना अपडेट : देशभर ८९ कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ९५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म नेपालमा २ लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्