ट्याक्टरले किचेर एकजनाको मृत्यु

गोरखा । आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एकजनाको मृत्यु भएको छ ।

बाह्रकिलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरले किचेर गोरखा नगरपालिका–१० अमलपानीका डिलबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको पछाडि चढेर जाँदै गरेको बेला खसेर पछाडिको टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।