आगोमा जलेर धादिङमा एकजनाको मृत्यु

काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एकजनाको मृत्यु भएको छ ।

बारीमा आगो लगाउने क्रममा जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।

आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।