भारतमा एकैदिन थप ९२ हजार जनामा कोरोना संक्रमण पृष्टि

एजेन्सी । भारतमा थप ९२ हजार ९९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि (शनिबार) चैत्र २१ मा भारतमा यो वर्षको दोस्रो धेरै ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख २७ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९२ हजार ३५० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६४ हजार ६५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ५१४ जनाको मृत्यु भएको छ ।