चितवनमा सशस्त्र प्रहरी बलका दुई बीओपी स्थापना

चितवन । चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन दुईवटा बीओपी स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उद्घाटन गरेका थिए । दुबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।