एकैदिन देशभर १ हजार ३५१ संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।  एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।