नक्कली नोटसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत छन् ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँसहित रावतलाई पक्राउ गरेको हो ।

रावत बिरुद्ध प्रहरीले खोटा चलन मुद्दा सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।