पूर्व राजा शाह दम्पतीको स्वास्थ अवस्था : अक्सिजनको सपोर्टमा उपचार हुँदै

काठमाडौँ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखिएको छ।

उनीहरुमा स्वासप्रश्वासको समस्या नहोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको हो । उनीहरु शनिबार दिउँसो अस्पताल भर्ना भएका थिए।

पूर्वराजा दम्पतीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ। तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पती वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।