गायक प्रशान्त तामाङलाई मातृशोक


काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल २००७’ विजेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । नेपाली फिल्मका अभिनेतासमेत रहेका प्रशान्तले सामाजिक सञ्जालमार्फत आमाको दार्जिलिङस्थित घरमा नै निधन भएको हो जानकारी दिएका हुन् ।

गायक प्रशान्तले आमाको निधनबारे जानकारी दिए पनि कहिले कहाँ निधन भयो भन्ने खुलाएका छैनन् । उनको पिताको धेरै वर्ष अघि नै सवारी दुर्घटनामा निधन भइसकेको छ ।

प्रशान्त निर्देशक नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खा पल्टन’बाट नेपाली फिल्ममा डेब्यू गरेका थिए । उनले त्यसयता ‘परदेशी’, ‘अंगालो यो मायाको’, ‘निशानी’, ‘किन मायामा’मा अभिनय गरेका छन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘परदेशी २’को छायांकन पुरा भई हाल पोस्टप्रोडक्सनमा छ ।