नवयुगलाई इलाम सेवा समाजको सम्मान

काठमाडौं (पास)– एसियन कप छनोटका लागि नेपाली फुटबल टोलीसँगै कतार पुगेका इलामे खेलाडी नवयुग श्रेष्ठलाई इलाम सेवा समाज कतारले सम्मान गरेको छ ।

मंगलबार यमनसँग २–१ गोलको अन्तरले हार व्यहोरोको नेपाली फुटबल टोलीका एक खेलाडी श्रेष्ठलाई समाज कतारले द गोर्खा रेस्टुरेन्टमा स्वागत तथा सम्मान गरेको हो ।

अन्दाजी पाँच हजार भन्दा बढी नेपाली दर्शकको उपस्थिति रहेको उक्त खेल समापन भएपश्चात इलामको देउमाई नगरपालिका–४ मंगलबारेका अन्तर्राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई समाजले गरेको सम्मान कार्यक्रममा इलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम संचालन संस्थाका महासचिव प्रेमसागर सुबेदीले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष देब कटेलले गरेका थिए । यसैगरी फुटबल खेलाडी नवयुग श्रेष्ठले संस्थाले सम्मान गरेकोमा आफूलाई अत्यन्तै गौरव महसुस गर्दै आफू पूर्ण परिवार सँगै भएको महसुस भएको धारणा व्यक्त गर्दै आगामी दिनहरुमा इलाम सेवा समाजले यस्तै राम्रा–राम्रा कामहरु गर्न उत्साह थप्दै कृतज्ञता ज्ञापन गरेका थिए ।

समाजले सम्मान पत्र एवं खादा दुव्राले सम्मान गग¥यो भने कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष धन बहादुर गहतराज (रोशन)ले सम्पूर्ण उपस्थित सदस्यहरुलाई धन्यवाद दिँदै नवयुग श्रेष्ठको कतार बसाई सुखद बनोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।