आज पनि देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा र हिमपात, चिसोबाट जोगिन आग्रह

काठमाडौं । बिहानैबाट देशका केही स्थानमा वर्षा भैरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।

काठमाडौंमा आज बिहान ६ बजे ६।४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो १३ देखि १५ डिग्री सेल्सियससम्म पुग्नेछ मौसमविद् मञ्जु बासी बताउँछिन् ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सातवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताइन् ।

काठमाडौंमा भने आज वर्षाको सम्भाना न्यून रहेको छ ।

आजराति देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्क रहन विभागले आग्रह गरेको छ ।