आज पनि शेयर बजारमा गिरावट

काठमाडौं । आज पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५.९२ अंकले घटेर २८२४.७४ बिन्दुमा झरेको छ । सोमबार शेयर बजारमा भारी गिरावट आएको थियो ।

त्यसदिन नेप्से १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा आइपुगेको थियो । मंगलबार पाँच अर्ब ३९ करोड ५७ लाख ७२ हजार रुपैयाँमात्र कारोबार भएको छ । मंगलबार २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएको छ ।