१२ जनाको मृत्यु, ३६३७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।