गठबन्धनको सरकार धरापमा, एमाले र कांग्रेस मिल्दै

काठमाडौं । नेपालमा बहुचर्चित अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अनसमोदन गर्ने सवाल पेचिलो बनिरहेको सन्दर्भमा बर्तमान ५ दलीय सत्ता गठबन्धन समेत धरापमा पर्ने देखिएको छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेस एमसीसी जसरी पनि पास हुनुपर्छ भन्ने अडानमा देखिएको छ भने उता नेकपा माओवादी केन्द्र,नेकपा एककिृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको बिपक्षमा छन् । जनता समाजवादी पार्टीले भने यसमा समर्थन र विरोध खासै जनाएको छैन भने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसीकै पक्षमा छन् ।

सक्ता गठबन्धनका दलभित्रै एमसीसीबारे फरक धारणा बनेको बेला विपक्षी दल एमाले र कांग्रेसको धारणा भने समान छ । एमालेका केही नेता बाहेक अन्य सवैले एमसीसी पास गर्नुपर्ने धारणा राखिरहेको र एमालेका अध्यक्ष ओलिले नै सभामुख हटाउने भए एमसीसी पारित गर्न सरकारलाई सहयोग गर्ने विषय चर्चामा रहेको समयमा गठबन्धन धरापमा परेको र एमाले कांग्रेसको गठजोड बन्ने राजनीतिक बृत्तमा चर्चा चुलिएको छ ।

एमसीसी पास गर्न माओवादी र एकीकृत समाजवादीले साथ नदिए एमालेको सहयोगमा पास गर्ने रणनीतिमा प्रधानमन्त्री देउवाले एमालेसंग छलफलका कांग्रेसका नेताहरु खटाएका छन् । सभामुख सापकोटाले प्रतिनिधि सभामा निष्पक्ष भूमिका निर्वाह गर्न नकेको एमालेको आरोप छ । एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा लागेका १४ जना सांसदको पद खारेज हुनुपर्ने एमालेको पत्रलाई सभामुख सापकोटाले कार्यन्वयन नगरेको आरोप लगाउँदै आएको छ ।

जसका कारण प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्दे आइरहेको छ । एमालेले सभामुख सापकोटाले राजीनामा दिनु पर्ने वा गल्ती स्वीकार गर्नुपर्ने अडान राख्दै आएको छ । सभामुख सापकोटालाई हटाउन कांग्रेस तयार भए एमालेले एमसीसी पास गर्न सहयोग गर्न सक्नेछ ।