३१२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर थप ३ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कोरोनाकै कारण एक दिनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । ९ हजार ७ सय ६३ होम आइसोलेसन र ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।