७ महिनाको व्यापार घाटा १० खर्ब १५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामै व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । विभागका अनुसार यस अवधिमा ११ खर्ब ४७ अर्ब बराबरको वस्तु आयात हुँदा जम्मा १ खर्ब ३१ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।

विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा निर्यातमा ८८ प्रतिशतले सुधार हुँदा आयात ४२ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ८२ अर्ब बराबरको आयात हुँदा ९८ अर्ब ३४ करोड बराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।