सीट बाँडफाँडबारे पाँच दलका शीर्ष नेता सहमति नजिक, कसलाई कति ?

काठमाडौँ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन सिटको संख्याको विषयमा सहमति नजिक पुगेका छन् ।

छलफललमा सहभागि एक नेताले दिएको जानकारी अनुसार एक सय ६५ मध्ये कांग्रेसलाई ८६, माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १८, जनता समाजवादीलाई १३ र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने सहमति भएको हो ।

शीर्ष नेताहरूबिच भएको सहमतिलाई कार्यदलले अन्तिम रूप दिएर सहमति सार्वजनिक गर्ने तयारी भएको उनले जानकारी दिएका छन् ।