तीन दिनको झरी पछि काठमाडौं उपत्यकाको आकाश खुल्यो

काठमाडौं । तीन दिनदेखि लगातार रुपमा परेको झरीले देशका दसैँको बेला जनजीवन प्रभावित बनेको छ । आज पनि सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा अहिले पनि वर्षा जारी रहेपनि काठमाडौं उपत्यकामा भने आज बिहानैदेखि मौसममा सुधार आएको छ ।

बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागिरहेको छ । मौसममा सुधार आएसँगै दसैँको अवसरमा टीकाटालोका लागि आफन्तकोमा जानेहरुले राहतको महसुस गरेका छन् ।

काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।