प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारले कति धरौटी राख्नुपर्छ ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोलिसम्म प्रत्यक्ष तर्फबाट उम्मेदवार मनोनयन गर्नुपर्ने निर्वाचान आआयोगको समयसीमाका कारण यतिबेला दलहरु रातैभर नसुति उम्मेदवार टुंग्याउन लागिपरेका छन् । आयोगले बिहान १० देखि सॅाझ ५ बजे सम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ताका लागि कुनै पनि शुल्क तोकेको छैन । तर, उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ ।

तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।