यी हुन् ५२ जिल्लामा निर्वाचित नेकपा एमालेका अध्यक्षहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनबाट नेतृत्व छनौट गर्ने क्रमसँगै नतिजा पनि आउने क्रम जारी छ । पुस २३ गते ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार बुधबारसम्ममा अन्य जिल्लाको परिणाम पनि आइसक्नेछ । एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत नेतृत्व छानिएको छ ।

यी हुन् हालसम्म निर्वाचित ५२ जिल्लाका अध्यक्षहरुः

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८. इलाम– महेश बस्नेत

९. सोलुखुम्बु– डुफकुमार बास्तोला

१०. उदयपुर– प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे

१३. सप्तरी – ताराकान्त चौधरी

१४. सिरहा– बिन्देश्वर मण्डल

१५. धादिङ – भूमि त्रिपाठी

१६. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू

१७. भक्तपुर – बचन देउजा

१८. रसुवा – कर्णेल तामाङ

१९. रामेछाप – आनन्दकुमार श्रेष्ठ

२०. नुवाकोट – बद्री मैनाली

२१. मकवानपुर – एकलाल श्रेष्ठ

२२. काठमाडौं – दीपक निरौला

२३. ललितपुर – पुरुषोतम आचार्य

२४. सिन्धुली– कुमारबहादुर कार्की

२५. दोलखाः नरबहादुर श्रेष्ठ

२६. गोरखा – प्रेम गुरुङ

२७. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

२८. म्याग्दी – देवेन्द्र केसी

२९. लमजुङ – कृष्णप्रसाद अधिकारी

३०. बागलुङ– हिराबहादुर केसी

३१. पर्वत–राजु पौडेल

३२. नवलपुर–मुक्ती पाण्डे

३३. पाल्पा – धनेन्द्रराज घिमिरे

३४. गुल्मी – बालकृष्ण काउछा मगर

३५. अर्घाखाँची – पिताम्बर भुसाल

३६. बाँके – किस्मत कुमार कक्षपती

३७. बर्दिया – लालबहादुर श्रेष्ठ

३८. दाङ – हुकुमबहादुर बस्नेत

३९. रुपन्देही – तेजेन्द्र केसी

४०. कपिलवस्तु – डम्मर शर्मा

४१. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी

४२. प्युठान–बिजयविराज विष्ट

४३. डोल्पा – शेरबहादुर बुढा

४४. सल्यान – गोविन्द पुन मगर

४५. जुम्ला – शान्तिलाल महत

४६. रुकुम– नन्दराम देवकोटा

४७. डडेल्धुरा – प्रकाश साउद

४८. बैतडी– सुरेन्द्र पाल

४९. डोटी–चक्र मल्ल

५०. कैलाली– रतन थापा

५१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

५२. पेशागत विशेष – उमेश ढकाल