वामदेवलाई विचरा नै बनाइएको हो त ?

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले इच्छा गरेको प्युठान र बर्दिया दुवै ठाउँबाट टिकट नपाएपछि उनी अब के गर्ने भन्ने अलमलमा छन् ।

गौतम निकट स्रोतका अनुसार सत्ता गठबन्धनले सिट नदिएपछि उनी मंसिर ४ मा हुने निर्वाचनमा उमेदवार नबन्ने भएका छन् ।
राष्ट्रिय सभा सदस्य रहेका गौतमले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्न चाहेका थिए ।

सो पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पनि गौतम चुनाव नलड्ने बताए ।