राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शिक्षण अस्पतामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएपछि टिचिङ अस्पताल पुगेकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुघाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

उनको रगत परीक्षणको लागि पठाईएको उनले बताए ।