७ दिनै ८ अर्बले बैंकको निक्षेप घट्यो

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज १४ गतेदेखि २१ गतेभित्र ७ दिनमा ८ अर्ब रुपैयाँले निक्षेप गुमाउँदै २६ वटा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ११ अर्ब संकलन गर्न सफल भएका हुन् ।

अघिल्लो हप्ता अर्थात् असोज ७ गतेदेखि १४ गतेभित्र यस्तो निक्षेप बैंकहरुले ७ अर्ब रुपैयाँले नै बढाउँदै ४५ खर्ब १९ अर्ब संकलन गरेका थिए । उसो त यस हप्ता निक्षेपसँगै वाणिज्य बैंकहरुले कर्जा लगानी समेत घटाएका छन् ।

अघिल्लो हप्ता अर्थात् असोज १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता अर्थात् असोज २१ गतेसम्ममा ४ अर्बले कर्जा घटाउँदै कुल ४१ खर्ब ९३ अर्ब लगानी गरेका छन् ।