उम्मेदवार वा दलबारे मत सर्वेक्षण गर्नेलाई कारवाही

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि मत सर्वेक्षण गरेको पाईए कारवाही गर्ने भएको छ ।

आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको हो ।

बुधबार आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।