रोमाञ्चक राके भञ्ज्याङ

महाभारत डाँडा नामाकरण भएको किंवदन्ती पाइन्छ पुराना बुढापाकाहरुको भनाईमा । पहिला यो डाँडामा गार्इ, बाख्रा, बटुवाहरु र मान्छेको अन्त्यष्टीको समयमा मात्र प्राय जम्का भेट हुन्थ्यो मन्छेहरुको । कि चैँ साउन २ गते वार्षिक मेला लाग्थ्यो निक्कै ठूलो । म २०५२ मा राके बजार आउँदा बजार्को केहि रिपोटहरु तयार गर्दा घरधुरी ८० वटा पुग्थ्यो । अन्ततः पहिलाको डाँडा, म आउँदाको घर र अहिलेको यो राके बजार्, ईलाम पाँचथरको संंगमस्थल इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट ३५ कि.मि. उत्तर र पाँचथर को फिदिम बजार बाट ३३ कि.मि. दक्षिणमा रहेको मेची राजमार्गको त्रिकोणात्मक स्थल राकेबाट रबी, भेडेटार र झापाको चारआली विर्तामोड जाने संगमस्थल नै राके बजार हो ।

राके बजार

यहाँको धेरै पुरानो बजार श्रवाण २ गते लाग्ने राके बजारले आफ्नै बिषेशता बोकेको पाइन्छ । जस्तो की मौसम सफा भएको बेला झापाको समथर फाँटहरु देख्न सकिन्छ अनि हिमाल पनि देख्न सकिन्छ । जाडोको कुरै नगरौँ । तीनपाने नलगाई टीक्नै सकिँदैन की जस्तो पनि बनाउँछ ।

यहाँको मुख्य ब्यपार भनेको नगदेबाली आलु, आलैची, अदुवा आम्लिसो इत्यादि छन् त्यसैगरेर जडिबुटीहरु चिराइतो लोठसल्ला इत्यादि यो बजारमा बिक्री गर्न आउने र ल्याउने गरिन्छ ।

चमैता

चमैता, एकतप्पा, फक्फोक, फाक्तेप, चिलिङ्देन, इम्बुङ, पौवा–सार्तापबाट आउने आलु, अकबारे खुर्सानी, स्कुस, स्कुसको जरा, सखरखण्ड, घर तरुल, सिमल तरुल, आम्वक, आरु, नास्पाति, लसुन तथा यो क्षेत्रमा प्रशस्त दुधको उत्पादन हुने भएकाले चिज उत्पादन हुन्छ ।

घिउ छुर्पी खुर्सानी ले यो बजार रमणिय बनाएको छ ।।यो बजार मेची राजमार्ग मा पर्ने हुँदा त्रीकोणात्मक संगमको रुपमा यो बजार रहेको छ । यहाँ बाट चल्ने गाडीहरु इलाम, फिदिम, बिर्तामोड, रबी हुँदै दमकसम्म चल्छ त्यसैले यहाँ बिक्री गर्न ल्याइएका बिबिध माथि उल्लेखित सबै खाद्य सामग्रीहरु अत्याधिक छिटो र ताजै सम्वन्धित ठाउँमा पुग्छ यातायातको सुबिधाले गर्दा ।

राकेमा बिक्रिको लागि राखिएको घिउ–छुर्पी, ललिपप, अकबरे खोर्सानी ।

अत्याधिक धेरै नगदेबाली उत्पादन हुने ठाउँ यो राके बजार को वरिपरीको भुभागहरु पनि माथि उल्लेखत गरिएकै ठाउँ हरु हुन् । बढीमात्रामा चमैताको स्कुस को मुन्टा र देउमाईको जङ्गलको निगुरोले पनि यो ठाउँलाई परिचित बनाएको छ गाडीका स्टाफ र प्यासेन्जरले बारम्बार बताईरहन्छन् ।

लेखकः मन बहादुर श्रेष्ठ

रोजगारीको शीलशीलामा जोर्डनमा रहेका लेखक मन बहादुर श्रेष्ठले आफ्नो ठाउँ सम्झेर यो लेख तयार गरेका हुन् ।