मनाङ मदन भण्डारी स्मृति गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (पास)– मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई ४–३ ले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।

इटहरी रंगशालामा भएको खेलमा दुवै टोलीका खेलाडीले ह्याट्रिक गरेका थिए । मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे । यस्तै मनाङको लागि विशाल राईले एक गोल थपेका थिए । झापाका कर्ण लिम्बुले ह्याट्रिक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

अब मनाङले सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र कोलकाताको गरिफा स्पोर्टिङ क्लबबिचको बिजेतास“ग खेल्नेछ । जागृति र गरिफा स्पोर्टिङबिचको खेल मंगलबार हुनेछ ।

उद्घाटनमा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले इटहरीलाइ स्पोर्टस सिटिको रुपमा विकास गर्ने उद्देश्यले अहिले सम्मको ठुलो पुरस्कार राशीको फुुटबल प्रतियोगीता इटहरीमा गरिएको बताएका थिए भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसवकुमार बिष्टले प्रदेश एकको प्रतिनिधित्व गर्ने फुुटबल प्रतियोगीता गृहनगर इटहरीमा भएको हुँदा इटहरी फुुटबल सिटिको रुपमा विकास हुँदै गरेको बताएका थिए ।

सर्वाधिक पुरस्कार राशिको इटहरी गोल्डकपमा ८ टोलीको सहभागिता रहेको छ । विजेताले १२ लाख पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख पाउने छ ।