‘चमैता’ तिमिलाई भेट्न म छिट्टै आउँदैछु

कुरो ०४४/४५ को हो । मेरो जन्मघर चमैता–२, मैदाने (देउमाई नगरपालिका–०१) । म कडा परिवारको केटो हुँ ।

जब मेरो पढाई कमलदेवी बाट सकिएर नि.मा.वि. का लागि डम्बरदेवी चमैताको यात्रा शुरु भो (२०४४/२०४५) । स्कुले जिवन एक रमाइलो नै हुन्छ र थियो पनि । घरबाट स्कुल जाँदा ४ ओट स–साना खोला हरु छन् । २०४४ को दौरानमा कयौँ पटक त्यो खोलाहरु र आसपासको अलैँची बगान भित्र खेलेर नै घर फर्किन्थ्यौँ । खोलाको ढुङ्गा, छाङ्गा, झरना, पानीका ठूल्ठूला दहहरुलाई नै साथी भाई, पिरियड, राष्ट्रगान, कक्षाकोठा, किताब, गुरु र ब्लाक बोर्ड बनाएर फर्कियौँ । ताकी कोही कसैले देख्दैनथ्यो । स्कुलमा पनि ब्यवस्थाकहरुको खिचातानीले गर्दा निरन्तर हुँदैनथ्यो पढाई ।

लिसिङ–पिसिङ पढाइलाई नै साथ दिँदै ७ कक्षा को लागि परीक्षा भयो । ७ कक्षमा पनि पुगियो । पढाई हुँदैथ्यो २०४५ भदौ ५को महाभूकम्पले थर्कमान पा¥यो पूर्बी नेपाल नै । त्यसले ठूलै कुठाराघात ग¥यो । ७ को परीक्षा जिल्ला स्तरिय हुन्थ्यो त्यो बेला । परीक्षा नजिकिँदै गर्दा कोचिङ क्लास शुरु गर्नु भो गुरुहरुले । बेलुका ४ बजे पछि । घर जाँदा साँझ हुन्थ्यो बाटैमा । एक्लै जान डर लाग्थ्यो । ४ ओटा खोला तर्न बाँकी नै थ्यो । मात्र म एक्लै हुन्थे । मैदाने बाट । त्यो बेला ७ कक्षा को लागि । पारि चमैते अजा (हाल ः मिनराज श्रेष्ठ) को घर मा नै खानु बस्नु गरियो । बिहानै घर पुगेर फेरी फर्केर स्कुल पुग्थे, क्रम जारी नै थ्यो । एकै कक्षा मा पढ्ने हामी २ जना थियौँ, निनी (चन्द्र कला) र म (निनी,भदै) । हामी निनी भदै २०४८ साल सम्म एउटै स्कुल पढ्यौँ, १० कक्षा सम्मको लागि । हामी एकै जोशी श्रेष्ठ परिवार को सन्तान हौ ।

पछि, मेरो बिबाह हुने भो २०५० फागुनमा, निनी पनि जन्ती जानु भो दुलाही ल्याउन लाई । २०५८ मा निनीको पनि बिबाह हुने भो । त्यो बिबाहले निनी लाई अर्काको दुलही बनाएर पठायौँ । ल्याउनु र पठाउनुमा धर्ती आकाश को फरक हुँदो रैछ भन्ने त्यो बिबाहले शिक्षा दिलायो मलाई । ताकी हामी फुपू भदै उमेर सँगै र एकै खन्दान का हौँ । त्यति मात्रै होईन हाम्रा आमाहरु पनि निनी–भदैनी हुन् ,आज म जिबिकोपार्जनको लागि प्रदेशमा छु । निनी हुनुहुन्छ झापामा । आज सम्म म निनी कोमा पुगेको छैन । म खुद निश्ठुरी भैरहेको छु, अवश्य आउछु निनी एक दिन ! म तपाइको भदै कुमार !

त्यो समयमा किताब बोक्ने सुर्केनी झोला हुन्थ्यो, थ्यो पनि । त्यस भित्र बर्शे झरीको लागि ओड्ने प्लास्टिक थ्यो, पट्याएर त्यो झोलामा खाँदेर बोकिन्थ्यो । पानी पर्यो की झिकेर ओडिन्थ्यो । स्कुल घर आउँदा जाँदा । त्यो बेलाको यो चौरीको बाटोमा बर्शे झरीको बाढी, प्लाष्टिकको ओढ््ने, सुर्केनी झोला मा खाँदेको किताब र झोलाको बँधाई, अनि कुदाईमा लडेर बाढीले भिजेको कपडा, चौरी पछीको बाटोमा लड्दा लागेको माटो सबै साथैमा बोकेर घर पुगिन्थ्यो । चौरीको बीचमा रहेको नि.मा.वि. स्कुल, बर्षे झरीको बाढी, चमैताको चौरीमा कुद्दा हावाले त्यो प्लास्टिक उडाउँदा, सबैतिर छर्लङ देखिने चौरी का बाटाहरु, छुट्टीपछि आ–आफ्ना घर जाँदाको ताँती २०४५ बाटै छुटेको पक्कै हो तर सम्झना ताजै छ ।

२०६० बाट निक्कै टाढा भैरहेको छु मेरो चमैताबाट । सवै माथि उल्लेख गरिसकेको छु । छिट्टै आउँछु मेरो चौरी, डम्बरदेवी र चमैतालाई भेट्न ।

इलाम– चमैता
लेखक ; मन बहादुर श्रेष्ठ

हालः जोर्डन