शब्दचित्रमा सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेन्द्र खनाल

नामः– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल

शैक्षिक योग्यताः– एम.ए.

बाबुको नामः– डा. टिकाराम शर्मा (खनाल)

घर ठेगानाः– जिल्ला काठमाडौं, का.म.न.पा. १० थापागाउँ नयाँबानेश्वर

जन्म मितिः– २०२३/०६/२९ गते

भर्ना मितिः– २०४९/०१/१९ गते (प्रहरी निरीक्षक)

तालिमहरुः–

प्रहरी अधिकृत आधारभूत तालिम, अपराध अनुसन्धान, कमाण्ड, कर्मचारी व्यवस्थापन, विशेष शस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता, गुल्मपति स्टाफ तालिम, लिडरसिप एण्ड म्यानेजमेन्ट, स्ट्राटेजिक प्लानिङ एण्ड डेभलपमेन्ट अफ लोकल इन्स्टिच्युसन्स, कमाण्ड तथा स्टाफ तालिम, एडभान्स प्रोफेसनल (जर्मनी), कम्पे्रहेनसिप सेक्युरिटी रेस्पोन्स टु टेरोरिजम (अमेरिका), इन्टरनेसनल म्यानेजमेन्ट (जर्मनी) सिभिलियन प्रि– डिप्लायमेन्ट कोर्ष (इटाली), वर्कसप अन ल इनफोर्समेन्ट फर नेपाल (चीन), हाईलेभल म्यानेजमेन्ट कोर्ष (भारत), ट्रान्सनेसनल सेक्युरिटी को–अपरेसन कोर्ष (अमेरिका) र सिनियर मिसन लिडर्स कोर्ष (भारत) लगायत विभिन्न स्वदेश तथा विदेशबाट व्यावसायिक तालिम लिएको ।

युएन मिसनः–

युएन मिसन–कोसोभो, लाइवेरिया (एफपियु कमाण्डर) र एफपियु को–अर्डिनेटर (अनामिड डार्फर सुडान) ।

मानपदवी/पुरस्कारः–

दुर्गम सेवा पदक, दैविक प्रकोप पीडित उद्वार पदक, युएन सेवा पदक, परदेश सेवा पदक, सुप्रवल जनसेवाश्री तृतीय लगायत विभिन्न समयमा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पदक, पुरस्कार तथा प्रसंसापत्र प्राप्त गरेको ।

प्रमुख भई कार्य गरेकोः–

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विकास विभाग, राजस्व तथा औद्योगिक सुरक्षा निर्देशनालय, अन्वेषण तथा विकास निर्देशनालय, सशस्त्र प्रहरी बल नेपालका बाहिनी, तालिम केन्द्र, गण लगायताका कार्यालयहरुमा प्रमुख भई कार्य गरेको ।

पदोन्नतीः–

सशस्त्र प्रहरी महानिरीक्षक खनाल नेपाल सरकार मन्त्रीपरिषदको २०७३/०३/०२ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएको । उनी नेपाल सरकार मन्त्रीपरिषदको २०७४/१२/२७ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकबाट सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती भएको ।

स्थानान्तरः–

मिति २०५८/० १/१३ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलतर्फ स्थानान्तर भएको ।

भ्रमणः–

चीन, भारत, अमेरिका, इटाली, सुडान, लाइवेरिया, जर्मनी, कोसोभो लगायतका विभिन्न राष्ट्रहरुको भ्रमण गरेको ।