नवनियुक्त आईजीपीले लगाए दर्ज्यानीचिह्न

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज बिहान दर्ज्यानी चिह्न पाएका छन् ।खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले आजै आफ्नो कार्यभार सम्हाल्नेछन् ।

सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण हिजोदेखि महानिरीक्षक पदबाट अवकाश पाएका छन् ।

नेपाल प्रहरीका वर्तमान अर्याल र श्रेष्ठसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।