गोर्खा वेलफेयरको सहयोगमा इलाममा खानेपानी आयोजना

इलाम– गोर्खा वेलफेयर ट्रस्ट नेपाल ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम धरानको आर्थिक तथा प्राविधिक सहयोगमा इलाममा खानेपानी आयोजना सम्पन्न भएको छ ।

इलाम नगरपालिका २ र ४ वडाको साथै सन्दककपुर गाउँपालिका वडा नम्बर १ का करिब १४२ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेगरी आयोजना सम्पन्न सम्पन्न भएको हो ।

उक्त दुई संस्थाको सहयोगमा २०७४ पुष महिनादेखि निर्माण कार्य शुरु गरेको जस्बीरे खानेपानी आयोजना छोटो समयमा नै निर्माण सम्पन्न गरी जस्बीरे खानेपानी तथा ब्यवस्थापन सरसफाई उपभोक्ता समितिलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश वस्नेत, सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राई, जस्बीरे आयोजनाको अध्यक्ष विष्णु सुब्बा, गोर्खा वेलफेयर ट्रस्ट धरानबाट कृष्णबहादुर सुब्बा, हेम ईङ्नाम, खड्ग राई, फिदिम एरिया वेलफेयर ट्रस्टका सुभराज थाम्सुहाङलगायतका व्यक्तिहरुको उपस्थितिमा उक्त खानेपानी आयोजना हस्तान्तरण गरिएको हो ।

९८ लाख २५ हजारको कूल लागतमा आयोजना सम्पन्न भएको ट्रस्टकी सामाजिक पर्यवेक्षक हेमकला ईङ्नामले जानकारी दिएकी छन् ।