समाजसेवी आरतीद्धारा वृद्धहरुलाई सहयोग प्रदान

विर्तामोड (पास)– विर्तामोड स्थायी निवासी समाजसेवी आरती लिम्बू श्रेष्ठले सोमबार वृद्धहरुलाई सहयोग गरेकी छन् ।

झापा माईधारस्थित कोटीहोममा अवस्थित वृद्धाश्रममा वस्दै आएका वृद्धहरुलाई ३२ थान साडी र केही खानेकुरा सहयोग प्रदान गरेकी हुन् ।

विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय श्रेष्ठले विगत १२ वर्षदेखि यसैगरी सहयोग गर्दै आएकी छन् । उनले सोमबार आफ्ना दिवंगत पिता स्वर्गीय धनबहादुर लिम्बू, स्वर्गीय माता पञ्चमती लिम्बू स्वर्गीय काका धनकिसोर लिम्बूको सम्झनामा सहयोग गरेको श्रेष्ठले बाताईन् ।

सो अवसरमा श्रेष्ठले वृद्धहरुसमक्ष दुःख सुख बाँड्दा वृद्धहरु भावविह्ल बनेका थिए ।

वृद्धाहरुसँग भलाकुसारी गर्दै समाजसेवी आरती श्रेष्ठ लिम्बू ।