पर्सि इभाङमा सहिद रत्न बान्तवाको शालिक अनावरण गरिदै

इलाम– पञ्चायती व्यवस्थाको बिरुद्धमा लड्दा सहादत प्राप्त गरेका सहिद रत्नकुमार बान्तवाको सालिक ४० औं स्मृति दिवस र ६७ औं जन्म जयन्तीको अवसरमा पर्सि अनावरण गरिँदै छ ।

४० औं स्मृति दिवस र ६७ औं जन्म जयन्तीको अवसरमा आउँदो चैत २७ गते शहीद बान्तवाको सालिक अनावरण संघीय सरकारका रक्षा मन्त्री इश्वरी पोख्रेल र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गर्ने कार्यक्रम छ । माङसेबुङ गाउँपालिकास्थित इभाङमा निर्माण भएको सालिकको अनावरण गरिने भएको हो । यस अवसरमा सालिकसँगै रहेको पार्कको पनि उद्घाटन गरिने राष्ट्रिय सभा सदस्य अगम बान्तवाले जानकारी दिए ।

एकै मितिमा जन्म र सहादत प्राप्त गरेका शहीद बान्तवाको जन्म र सहादत प्राप्त क्षेत्रमा बर्षेनी कार्यक्रम हुने गर्छ । पञ्चायती व्यवस्था बिरुद्ध लड्दा शहादत प्राप्त गरेपनि उनको क्षमता र त्याग धेरै अविष्मरणीय रहेका छन् ।