जनकपुर–जयनगर रेल्वे लिक पानीले बगायो

जनकपुर– बुधबारदेखि परेको अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक बगाएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिक भारतीय सीमा नजिकै इनरूवामा दुई सय मिटरजति लिक बगाइदिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। सो रेल्वे लिक बगाएको हो ।

रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार सो स्थानमा अहिलेसम्म पनि पानी जमेको छ ।

जनकनन्दनी गाउँपालिकामा करिब २ हजार घर परिवार विस्थापित भएका छन् ।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ। विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन्। महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन्।

स्टेशनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने छ। हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहने छ। जयनगरमा चार लाइन, इनरुवामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन र जनकपुरमा एक लाइन रहने छ।