अफगानिस्तानमा २८ जना लडाकू मारिए

मैमाना, अफगानिस्तान (रासस/सिन्ह्वा)– अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् ।

देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ ।

“तालिवान लडाकूको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने ।

उनले सिन्ह्वालाई दिएको जानकारीअनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिबार राति आक्रमण भएको हो ।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिबान लडाकूलाई सुरक्षाकर्मीले नै आक्रमण गरेका हुन् ।

घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।