थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं (पास)– पोखरामा जारी १६औँ आहा रारा गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब पुगेको छ । बंगलादेशको उत्तर बरिधार एफसीलाई ५–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार फाइनल पुगेको हो ।

पोखरा रंगशलामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारले उत्तर बरिधार एफसीमाथि गोलको बर्षा नै ग¥यो । पहिलो हाफको अन्तिम समयमा ३ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । थ्रीस्टारको जितका लागि विश्वास श्रेष्ठले ह्याट्रिक गोल गरे । त्यस्तै, विष्णु गुरूङ र निराजन खड्काले समान १–१ गोल गरे ।

खेलको ४२औँ मिनेटमा विष्णु गुरूङले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै निराजन खड्काले गोल गर्दै दोब्बर अग्रतामा थ्रीस्टारलाई र्पुयाए । पहिलो हाफको अन्तिम समयमा थ्रीस्टारका विश्वास श्रेष्ठले गोल गर्दै पहिलो हाफसम्म ३–० गोलको अग्रतामा पु¥याएका थिए ।

पहिलो हाफको सुरुवाती समयमा राम्रो प्रदर्शन गरेपनि थ्रीस्टारलाई रोक्न नसकेको उत्तर बरिधार एफसीले दोस्रो हाफमा थप २ गोल खान पुग्यो । खेलको ६५औँ मिनेटमा विश्वासले गोल गर्दै ४–० गोलको अग्रतामा पु¥याएका थिए । खेलको ७३औँ मिनेटमा विश्वासले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

प्रतियोगिताको विजेताले ७ लाख १ हजार र ट्रफि पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान हिरो ड्यास स्कुटर पाउने छन् ।