एटिएमबाट पैसा नआएमा सिदै बैंकका सीईओलाई नै फोन गर्न सकिने (मोबाइल नम्बरसहित)

नेपाल राष्ट्र बैंकले एटिएम नचले तत्काल बैंकका प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृतलाई फोन गर्न आग्रह गरेको छ । २ साताअघि नेप्सको सिस्टम ह्याक गरी ह्याकरहरुले ठुलो रकम चोरी गरेपछि नेप्समा आवद्द बैंकको एटिएममा समस्या छ ।

हालसम्म इन्टर बैंक कारोबार सुचारु हुन् सकेको छैन । नेपाली भुमि भन्दा बाहिर भएका एटिएममा धेरै समस्या देखिएको छ । नेपाल राष्ट बैंकले जुन सुकै स्थानमा भएका बैंकका एटिएममा समस्या आए पनि सिधै सीईओ र सहायक सीइओहरुलाई कल गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले सम्भव भएसम्म आफै फोन गरेर र फोनबाट सम्भव नभए इमेलबाट समस्या टिपाउन आग्रह गरेको हो ।

यसको लागि राष्ट्र बैंकले सीइओ र सहायक सीइओ हरुको नम्बर समत उपलब्ध गराएको छ ।

atm