काठमाडौंको गोलढुंगामा गुण्डा साजन गुरुङमाथि गोली चल्यो, उपचारका लागि ट्रमा सेन्टरमा

काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गो*ली चलेको छ । गु*ण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई प*क्राउ गर्ने क्रममा गो*ली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनु८सन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई रा*उण्ड गो*ली फायर गरेको स्रोतले बताएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनले भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौं ।’

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आ*क्रमण गर्न खोजेपछि गो*ली हानी समातिएको उनले बताए । उनका अनुसार गुरुङको साथबाट कटुवा पे*स्तोल र त्यसमा लाग्ने दुई राउण्ड गो*ली पनि बरामद भएको छ ।

को हुन् गुरुङ ?

गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम अ*सुल्ने गरेको प्रहरीसमक्ष उ*जुरी परेको थियो ।

उनले प्रहरी अधिकृतलाई पनि ध*म्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई ह*त्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

गुरुङ गु*ण्डा नाइके समिरमान सिंह बस्न्यातको पनि सहयोगी हुन् । बस्न्यातको योजनामा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गो*ली हानी ह*त्या भएको थियो ।

हाल उनी केन्द्रीय कारागार सुन्धारामा छन् ।